कोरोना कोषमा सानिमा बैंकको १० लाख « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना कोषमा सानिमा बैंकको १० लाख


३० चैत्र २०७६, आइतबार


कास्की । सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख प्रदान गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार सो बैंकका गण्डकी प्रदेश प्रबन्धक भावुक तण्डुकारले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले कोभिड–१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिँदै सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । सानिमाले सङ्घीय सरकारको कोरोना राहत कोषमा रु ५० लाख तथा देशका सात प्रदेश सरकारलाई रु १० लाखका दरले सहयोग गरेको बताइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस