विश्वमा कोरोना : कुन देशमा कतिको मृत्यु, कति संक्रमित ? « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

विश्वमा कोरोना : कुन देशमा कतिको मृत्यु, कति संक्रमित ?


३० चैत्र २०७६, आइतबार


काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या एक लाख आठ हजार सात सय ७० पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार १७ लाख ७९ हजार ९९ जना संक्रमित भइसकेका छन् । चीनबाट सुरु भएको यो महामारी पछिल्लो समय अमेरिका र युरोपका केही देशमा तीव्र रूपमा फैलिएको छ ।

अमेरिकामा एकै दिन एक हजार आठ सय ३० जनाको समेत मृत्यु भएको छ । महामारी कारण एकै दिन यति धेरै सङ्ख्यामा मानिसको मृत्यु हुनु यही पहिलो घटना हो । कोरोनाबारे अपडेट गराउँदै आएको वेबसाइट ‘वल्र्डोमिटर्स डट इन्फो’का अनुसार हालसम्म संसारभर चार लाख दुई हजार सात सय नौ जनाको उपचार भइसकेको छ ।

साथै ५० हजार ५ सय ८४ संक्रमित गम्भीर अवस्थामा छन् । सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायत देश छन् । यस्तै पछिल्लो समय भारतमा पनि तीव्र रूपमा संक्रमितको सङ्ख्या बढ्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस