जङ्गलमा लागेको आगोमा परी चार घाइते « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

जङ्गलमा लागेको आगोमा परी चार घाइते


प्रशासन संवाददाता

२९ चैत्र २०७६, शनिबार


लमजुङ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–३ केराबारी सामुदायिक वनमा लागेको आगोमा जलेर चार जना घाइते भएका छन् ।

सो जङ्गलको बाटो भई भोटेओडारतर्फ जाने क्रममा आगोमा परी दूधपोरी गाउँपालिका–६ ओखरेगाउँका १७ वर्षीया पूजा गुरुङ, २८ वर्षीया हरिमाया गुरुङ, १० वर्षीया रश्मी गुरुङ र पाँच वर्षीया अस्मी गुरुङ घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार हातखुट्टा आगोले पोलेर घाइते भएका सबैको सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस