नेपाल प्रहरीका १० एसएसपी डिआइजी बढुवा सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका १० एसएसपी डिआइजी बढुवा सिफारिस


२९ चैत्र २०७६, शनिबार


काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) प्रहरी नायव महानिरीक्षक(डिआइजी)मा बढुवा सिफारिस भएको छ ।

नेपाल प्रहरीको बढुवा समितिको शुक्रवारको बैठकले १० जना एसएसपीहरूलाई डिआइजी बढुवामा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस गरिएकाहरूमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह, वसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तम राज सुवेदी र अरुण कुमार बि.सी. रहेका छन् ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम(४) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले डिआइजीको दरबन्दी १४ कायम गरेपछि रिक्त १० पदका लागि ३४ एसएसपीहरूबाट १० जना छानिएका हुन् ।

यससँगै सात वटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी), विशेष ब्युरो, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग(प्रहरी महाशाखा), प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक÷एक जना गरी जम्मा १४ डिआइजीको दरबन्दी रहनेछ ।

हाल प्रहरीमा कार्यरत चार डिआइजीमध्ये नीरजबहादुर शाही सीआईबी, प्रद्युम्न कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, सूर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र विश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस