कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बढी संक्रमित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बढी संक्रमित


२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । विश्वभर कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । वल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार सात सय २२ पुगेको हो ।

भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ । अमेरिकामा अहिलेसम्म १६ हजार ६ सय ९१ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार चार सय ४७ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय १० जनाको मृत्यु भएको छ ।

अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर १६ लाख तीन हजार सात सय ज्ञ९ भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् ।

संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म चार लाख ६८ हजार पाँच सय ६६ जना रहेको छ । त्यस्तै स्पेनमा संक्रमित संख्या एक लाख ५३ हजार दुई सय २२ रहेको छ भने इटालीमा यो संख्या एक लाख ४३ हजार ६ सय २६ रहेको छ ।

अहिलेसम्म विश्वभर तीन लाख ५६ हजार ६ सय ५५ जना संक्रमित निको भइसकेका छन् । चीनमा सबैभन्दा धेरै संक्रमित निको भएका छन् । चीनमा अहिलेसम्म ७७ हजार चार सय ५५ संक्रमित निको भएका छन् । स्पेनमा पनि ५२ हजार एक सय ६५ संक्रमित निको भएका छन् । जर्मनीमा निको हुने संक्रमितको संख्या ५२ हजार ४ सय सात रहेको छ । त्यसैगरी एक लाख १७ हजार ७ सय ४९ जनामा संक्रमण देखिएको फ्रान्समा १२ हजार दुई सय १० जनाको मृत्यु भएको छ भने २३ हजार दुई सय ६ जना संक्रमित निको भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस