स्वास्थ्य सेवा विभागद्वारा स्वास्थ्य सामाग्री खरिदका लागि पुनः टेन्डर आह्वान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सेवा विभागद्वारा स्वास्थ्य सामाग्री खरिदका लागि पुनः टेन्डर आह्वान


२६ चैत्र २०७६, बुधबार


सरुवा गरिएका नर्सको सूची

काठमाडौँ । स्वास्थ्य सेवा विभागले दोस्रो पटक स्वास्थ्य सामाग्री खरिदका लागि टेन्डर आव्हान गरेको छ ।

कोरोना परीक्षण र उपचारका लागि मेडिकल सामग्री खरिद प्रक्रियामा विवादित बनेकोविभागले पुनः निजी क्षेत्रसँगै खरिद गर्ने गरी ७ दिनको समय सीमा राख्दै झन्डै ३४ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि मंगलबार सूचना जारी गरेको हो।

विभागले २३ प्रकारका औषधि तथा मेडिकल उपरकण खरिदका लागि सूचना प्रकाशन गरेको हो।

कोरोना भाइरस(कोभिड–१९) परीक्षण र उपचारका लागि चैत ११ गते प्रकाशित सूचनाअनुशारको विभागले सेटिङमा ओबिसिआइ(ओम्नी) लाई ठेक्का दिएको भन्दै खरिद प्रक्रिया नै विवादमा परेपछि सरकारले खरिद सम्झौता रद्द गरेको थियो।

विभागले ओम्नीसँग ४० गुणा मंहगोमा सेटिङमा खरिद गरेको पाइएको थियो।

स्वास्थ्य सेवा विभागले चैत १२ गते राति ओम्नीसँग ३ घन्टामै १ करोड ३ लाख ९० हजार ४ सय डलर बराबरको मेडिकल सामग्री खरिद गर्ने गरी सम्झौता गरेको थियो। जसअनुशार पहिलो लटमा मार्च २८ मा २३ लाख ९४ हजार डलर बराबरको मेडिकल सामग्री ल्याएको ओम्नीको र्‍यापिड टेष्ट किटसमेत नक्कली भएको पुष्टी भएको थियो।

मेडिकल सामग्री खरिद प्रक्रियामा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलगायत प्रधानमन्त्रीका सल्लाहकारहरुको समेत संलग्नता रहेको भन्दै विवादित भएसँगै सरकारले साता दिन अघि जिटुजीमार्फत् खरिद गर्ने निर्णय गरेको थियो।

मेडिकल सामग्री खरिदको जिम्मा सेनालाई दिने सरकारले निर्णयअनुशार नेपाली सेनाले पनि खरिद प्रक्रिया थालनी गरिसेको छ। सेनाले पहिलो चरणमा औषधि खरिदका लागि पाँच वटा देशसमेत पहिचान गरेर पत्र पठाइसेको छ। तर, स्वास्थ्य सेवा विभागले पुनः टेन्डर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस