झापाका कैदीबन्दीले पाए मास्क र स्यानिटाइजर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झापाका कैदीबन्दीले पाए मास्क र स्यानिटाइजर


२६ चैत्र २०७६, बुधबार


भद्रपुर । प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कोभिड–१९ को सङ्क्रमणबाट झापा कारागारका कैदीबन्दीलाई जोगाउन मङ्गलबार अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

उनले उपलब्ध गराएको सामग्रीमा एक हजार १०० मास्क, चार कार्टुन स्यानिटाइजर र केही ग्लोब्स रहेको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिए ।

झापा कारागारमा हाल ७७ महिलासहित एक हजार ९७ कैदीबन्दी छन् । डेढ महिनादेखि सरकारी सिदा नपाएको र भेटघाट बन्दका कारण आफन्तसँग सहयोग लिनसमेत नपाएकाले साबुन, स्यानिटाइजर, मास्क, दाँत माझ्ने ब्रस र मञ्जन किन्न नसकेर दैनिकी कष्टकर बन्दै गएको कैदीबन्दीले बताउँदै आएका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस