आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी


२६ चैत्र २०७६, बुधबार


कञ्चनपुर । भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ ।

सीमा क्षेत्रमा घुसपैठ गरी भारतबाट नेपाल फर्कने क्रम रोक्न थप सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

एक पोष्टमा २० जवान रहने गरी सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरी उपरीक्षक शाहुले बताए। हाल पुर्नवासदेखि खल्लामुसेट्टीसम्म अस्थायी पोष्ट राखिएको छ भने मुख्य नाकामा पहिलेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

भारतबाट फर्केका बेदकोटकाका ४२ वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सीमानाकामा कडाइ गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस