अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्म बन्द गर्ने निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्म बन्द गर्ने निर्णय


२५ चैत्र २०७६, मंगलबार


सह सचिव

काठमाडौँ । चैत ९ गते मध्यरातिदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले बताए।

निर्णयले कमर्सियल उडानलाई रोक लगाएको भए पनि उद्धार, मेडिकल लगायत मानवीय सहायता सम्बन्धी चार्टर र कार्गो उडान भने सञ्‍चालन हुने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस