सिंगापुरको क्वारेन्टीनमा २० हजार आप्रवासी कामदार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सिंगापुरको क्वारेन्टीनमा २० हजार आप्रवासी कामदार


प्रशासन संवाददाता

२४ चैत्र २०७६, सोमबार


सिंगापुर । सिंगापुरमा कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ ।

चीनपछि अन्य मुलुकमध्ये पहिलो पटक कोरोना भाइरसको संक्रमित फेला परेको सिंगापुरमा आइतबार एकैदिन १२४ जना कोरोना संक्रमित फेला परेका थिए ।

हाल सिंगापुरमा २० हजार आप्रवासी कामदारहरुलाई क्वारेन्टीनमा राखिएको छ । उनीहरुलाई दुईवटा अलग(अलग छात्रबासहरुमा बस्‍न निर्देशन दिइएको छ । अहिले उक्त क्षेत्र सिल गरिएको छ ।

उनीहरु आइसोलेसनमा रहेको अवधिमा पनि उनीहरुले नियमित तलब पाउनेछन् । त्यसैगरी दिनमा तीन पटक खाना, मास्क, स्यानीटाइजर र थर्मोमिटरहरु उपलब्ध गराइने अधिकारीहरुले बताएका छन् ।

एक छात्राबासका ६ जनाले भने उनीहरुलाई व्यवस्थित शौचालयको व्यवस्थासमेत नभएको दी स्ट्रेट टाइम्सले जनाएको छ । उनीहरुको धेरैजना एकै ठाउँमा भएको, ककरोचहरु भएको र खानाका लागि लामो लाइन कुर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।

सिंगापुरमा हालसम्म एक हजार तीन सय कोरोना संक्रमित छन् भने ६ जनाको मृत्यु भएको छ । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस