लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन चिकित्सक संघको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन चिकित्सक संघको आग्रह


२२ चैत्र २०७६, शनिबार


काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोना भाइरस(कोभिड–१९) को उपचार तथा अन्य स्वास्थ्य सेवा सञ्चालनमा बाधा पुर्‍याउने स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सच्याउन माग गरेको छ।

महामारीका बेला स्वास्थ्य सेवाको संवेदनशीलतालाई बुझी विवादास्पद निर्णय सच्याएर सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सिकहरुको मनोबल उच्च गराउन संघले माग गरेको छ।

शनिबार प्रेस विज्ञप्ती जारी गर्दै संघले गम्भीर आपत्ति जनाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस