आधा ग्याँस आठ सयमा बेच्नेलाई दुई लाख जरिवाना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आधा ग्याँस आठ सयमा बेच्नेलाई दुई लाख जरिवाना


२० चैत्र २०७६, बिहिबार


काठमाडौँ । ७.१ किलोग्रामको ग्यास आठ सयमा बेच्ने एक स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाको डल्लुस्थित बाबा, श्री र सुगम ग्याँस विक्री गर्ने ॐ सरस्वती स्टोर, डल्लुलाई सो जरिवाना गरेको हो ।

७.१ के.जी. को ग्यास ८०० रुपैयाँमा बेचेको भेटेको हुँदा उपभोक्ता संरक्षण ऐन २०७५ को १६–२(क) बमोजिम २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लकडाउनको घोषणा गरेसँगै अत्यावश्यकीय वस्तुहरूको कालोबजारी हुन नदिन विभागले अनुगमन तीव्र बनाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस