कर्मचारी सञ्चय कोषको अध्यक्षमा पुडासैनी नियुक्त « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्मचारी सञ्चय कोषको अध्यक्षमा पुडासैनी नियुक्त


प्रशासन विशेष ब्युरो

१९ चैत्र २०७६, बुधबार


काठमाडौँ । कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् ।

बुधवार अर्थमन्त्री युवराज खतिवडाले मन्त्रालयका राजश्व सचिव पुडासैनीलाई कोषको अध्यक्षको रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कोषको अध्यक्षको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि कायम मुकायम सचिव रहेका पुडासैनीलाई सोही बैठकले सचिवमा बढुवा गर्न निर्णय समेत गरेको थियो । सोसँगै उनलाई कोषको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एक जना व्यक्ति हुनसक्ने प्रवाधान रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस