काठमाडौंका यि ६ स्थानबाट वितरण हुँदै नेपाल ग्यास « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौंका यि ६ स्थानबाट वितरण हुँदै नेपाल ग्यास


१९ चैत्र २०७६, बुधबार


काठमाडौं । आजदेखि उपत्यकाका विभिन्न छ स्थानबाट नेपाल ग्यास वितरण हुने भएको छ ।

नेपाल ग्यास उद्योगले बुधबारदेखि लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न लागेको हो ।

बुधबार बिहान १० बजे चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकबाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

काठमाडौँ उपत्यकाका ६ स्थानमा तीन दिनसम्म ग्यास वितरण गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस