कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु


१७ चैत्र २०७६, सोमबार


काठमाडौँ । वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।

सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको उनी यसै साता भारतबाट आएकी थिइन । ‘उनलाई ज्वरो देखिएको र स्वास फेर्न गारो भएको थियो’ एक चिकित्सकले भने, ‘कोरोनाको शङ्का गरेर उनको नमुना टेकु ल्याबमा पठाएर उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’

ती युवती चन्द्रागिरि नगरपालिका १५ की हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस