लकडाउन एक साता थप गर्न सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लकडाउन एक साता थप गर्न सिफारिस


१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । कोरोना भाईरस(कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्श निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।

आइतबार ४ बजे बस्न लागेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ ।

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । सरकारले यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्म मुलुक लकडाउन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस