कोरोना नियन्त्रणका लागि टोली पठाउने भारतको प्रस्ताव « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रणका लागि टोली पठाउने भारतको प्रस्ताव


१५ चैत्र २०७६, शनिबार


काठमाडौं । भारतले कोरोना (कोभिड–१९) नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ । भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

भारतीय मिडिया द हिन्दुका अनुसार ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार छ ’ महानिर्देशक बेनर्जीले भने ।

उनले छिमेकी देशहरुमा आवश्यकताअनुसार पूर्वाधार विकास र दक्ष जनशक्ति पनि सहयोग गर्न सकिने बताएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सहयोग प्रस्ताव आएको स्वीकार गरेका छन् । तर अहिले नेपाललाई आरआरटीभन्दा पनि उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएको बताएका छन् ।

नेपाली सेनाका उच्च अधिकारीले अहिले नेपालको स्थिति नियन्त्रणमै रहेको बताउँदै भारतबाट टोली आवश्यक नभएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस