कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै


१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । पछिल्ला आँकडा अनुसार कोरोना भाइरसबाट सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ८५ हजार तीन सय ७७ पुगेको छ।

चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८ हजारभन्दा कम छ भने इटलीमा ८० हजार ५८९ छ।

यद्यपि, ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ । यहाँ हालसम्म १ हजार २ सय ९५ मानिसको कोरोनाका कारण ज्यान गएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै इटलीका ८ हजार २ सय १५ मानिसको ज्यान गएको छ । यहाँका कुल संक्रमितको संख्या भने ८० हजार ५ सय ८९ छ । कोरोना प्रकोप नियन्त्रणउन्मुख देखिएको चीनमा ३ हजार २ सय ९२ को ज्यान गइसकेको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म २४ हजार ७३ मानिसको ज्यान गइसकेको छ । १९७ देशका ५ लाख ३१ हजार मानिस संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस