स्वास्थ्य मन्त्रालयद्वारा १३४ स्वास्थ्यकर्मी माग, पहिलो आवेदकलाई पहिलो प्राथमिकता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य मन्त्रालयद्वारा १३४ स्वास्थ्यकर्मी माग, पहिलो आवेदकलाई पहिलो प्राथमिकता


१० चैत्र २०७६, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सय ३४ जना कर्मचारी माग गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सम्बन्धी कामका लागि भन्दै मन्त्रालयले एक सय जना नर्ससहित २० जना मेडिकल अधिकृत, ७ जना एनेस्थेसियोलोजीष्ट र ७ जना जनरल फिजिसियन माग गरेको हो ।

पहिलो आवेदकलाई पहिलो प्राथमिकता र योग्यताका आधारमा करारमा नियुक्त गरिने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस