महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्‍ह प्रदान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्‍ह प्रदान


२९ माघ २०७६, बुधबार


काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

गृह मन्त्रालयमा एक समारोहबीच सचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई चिह्न प्रदान गरेका हुन्।

ज्ञवालीले आजैदेखि पद सम्हाल्नेछन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनलाई आइजीपी बनाउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार : ठाकुर ज्ञवाली आइजिपीमा नियुक्त

नेपाल प्रहरीमा तीस वर्षे सेवाअवधिका कारण आइजीपी सर्वेन्द्र खनालसहित उच्च प्रहरी अधिकृत अवकाश पाएसँगै ज्ञवाली नेपाल प्रहरीको २७औँ प्रहरी प्रमुख भएका हुन् ।

सम्बन्धित समाचार : ठाकुर ज्ञवाली आइजिपी हुने पक्का 

नेपाल प्रहरीका २६ औं आईजीपी खनालसँगै एआईजीत्रय पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई पनि अनिवार्य अवकाश पाएका छन् ।

खासगरी योग्यता प्रणालीमा आधारित राज्यका संयन्त्रहरूमा स्वाभाविक हिसाबले जो अगाडी छ, त्यसैलाई नेतृत्व दिनुपर्ने भए पनि राजनीतिक नेतृत्वले अस्वभाविकरुपमा चलखेल गर्ने प्रचलन थालेसँगै राज्यका स्थायी संरचनामा जहिल्यै नेतृत्व चर्चामा रहने गरेको छ । तर यस पटक भने सरकारले पहिलो नम्बरका ज्ञवालीलाई नै आईजिपी बनाएपछि नयाँ थितिको थालनी भएको प्रहरी अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार : आइजिपी को ?

२०५८, वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा डीआईजीमा बढुवा भएका नवनियुक्त आइजीपी ज्ञवाली इमान्दार र स्वच्छ छविका प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस