अछामको पञ्चदेवल नगरपालिका–२ का वडाध्यक्ष मृत फेला « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

अछामको पञ्चदेवल नगरपालिका–२ का वडाध्यक्ष मृत फेला


२१ माघ २०७६, मंगलबार


अछाम । अछामको पञ्चदेवल नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका छन् ।

अध्यक्ष धामीको शव पञ्चदेवल नगरपालिका–२ को गैरीगाउँमा भैसी बाध्ने गोठमा फेला परेको हो ।

प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहको वडाध्यक्षमा निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस