डोटीमा एचआईभी संक्रमित संख्या ओरालो लाग्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा एचआईभी संक्रमित संख्या ओरालो लाग्दै


२३ मंसिर २०७६, सोमबार


डोटी । एचआईभी संक्रमितहरुको संख्याको आधारमा डोटी जिल्ला सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाको रुपमा आउने गरे पनी डोटी जिल्लाको संक्रमितहरुको पछिल्लो तथ्याङ्क हेर्दा ओरालो लाग्ने गरेको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार हाल डोटी जिल्लामा ९ सय ९४ जना संक्रमित देखिएकोमा ७ सय ९९ जनाले ए आर टी औषधी सेवन गरिरहेका छन भने १ सय ७२ जनाको मृत्यु भएको छ ।

पछिल्लो तिन वर्ष यताको तथ्याङ्क हेर्दा घट्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष ०७३।०७४ मा ४० जना ०७४।०७५मा ३५ जना र ०७५।०७६मा २९ जना एचआईभी संक्रमित नयाँ संक्रमितको संख्यामा पत्ता लागेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले बताए ।

उनले भने ‘ जिल्लामा एचआइभी संक्रमितहरुको उपचारमा उल्लेख्य प्रगती भएको भए पनि आर्थिक अभावका कारण दैनिक जिवन यापनमा समस्या परिरहेको छ यसमा सबै निकायले ध्यान दिनुपर्छ ।’

जिल्लामा नियमित एआरटी औषधी सेवन गरिरहेकाहरु ब्यक्तिहरुपनि स्वस्थ्य मानिस सरह छन् । अब उनिहरुको आयआर्जनको लागि पनि सबै क्षेत्रबाट ध्यान दिनु जरुरी रहेको समेत प्रमुख मलासिले बताए ।

राज्यले एचआईभी संक्रमितहरुका सवालमा केन्द्रित रहेर कुनै कार्यक्रम ल्याउन नसक्दा संक्रमितहरु दुखमा पर्ने गरेको संक्रमितहरुको जिल्ला स्तरिय सञ्जाल लालिगुराँस एकता समाजकी अध्यक्ष कमला मल्लको बताईन् उनले भनिन् ‘हामिलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरे जस्तै छ, गाउँघरमा एचआईभी संक्रमितका समस्या जस्ताका त्यस्तै छन, गाउँ गाउँमा सिंहदरवार भन्ने छ, हाम्रा लागि सिंहदरवार के हो काहाँ छ केही थाहा छैन’ जिल्लामा रहेका केही गैरसरकारी संस्थाका कारण मात्र आफुहरुलाई राहात पुगेको समेत मल्लले बताईन् ।

पछिल्लो समयमा देशमा शासकिय संरचना परिवर्तन भए सँगै स्थानीय तहले बजेट निर्माणमा एचआईभी संक्रमितका समस्यालाई संबोधन गर्न नसकेको गुनासो एचआईभी संक्रमितहरु बताउन्छन् । पुर्वीचौकी गाउँपालिकाकी एचआईभी संक्रमित रमा कुवँर ( नाम परिवर्तन ) ले भने– ‘दैनिक औषधी खानुपर्छ , नियमित पौष्टिक आहार खानुपर्छ भनिएको छ, हामिलाई दैनिक हात मुख जोर्न नै धौ धौ छ ।’

जिल्लामा एचआईभी संक्रमितहरुको संख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआईभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मंचका लघु उद्यम विकास अधिकृत डिल बहादुर सिंहले बताए । उनले भने ‘पहिले हामी संग संक्रमितहका लागि केयर होम संचालन, एचआईभी परिक्षण, संक्रमितहका लागि आय आर्जका कार्यक्रममा सहयोग गर्ने जस्ता कार्यक्रम थिए परयोजना सकियो अब संक्रमितहरुका समस्या समाधान गर्न स्थानीय सरकारले पनि आफ्नो वार्षिक बजेट र कार्यक्रममा समेट्नुपर्ने आवश्यक रहेको बताए ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको अध्ययन अनुसार जिल्लामा पत्ता लागेका एचआईभी संक्रमितहरुमा कामका लागि भारत गएर फर्केकाहरु र उनीहरुका श्रीमतीहरुमा बढी देखिने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस