पुटिनलाई नेपाल भ्रमणको निम्तो « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पुटिनलाई नेपाल भ्रमणको निम्तो


१० मंसिर २०७६, मंगलबार


काठमाडौँ । रुसको औपचारिक भ्रमणमा गएका पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

मस्कोमा सोमबार समकक्षी सर्गेइ लाभ्रोभसँगको भेटमा मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुटिनलाई पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री दिमित्री मेदवेदेभलाई पठाएको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेका थिए।

नेपालको निम्तोबारे प्रतिक्रिया जनाउँदै रूसी विदेशमन्त्री लाभ्रोभले कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गर्ने जानकारी दिएका थिए।

‘हामी यी आमन्त्रणहरूलाई रचनात्मक रूपमा विचार गर्नेछौँ,’ ज्ञवालीसँगको प्रतिनिधिमण्डलको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा लाभ्रोभले भने, ‘हामीले कूटनीतिक माध्यमहरूबाट भ्रमणको मिति तय गर्ने सहमति गरेका छौँ।’

पत्रकार सम्मेलनमा लाभ्रोभले सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सम्झना गर्दै नेपाल रूसको दक्षिण एसियाकै पुरानो साझेदार भएको बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस