नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज


४ मंसिर २०७६, बुधबार


कास्की । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आजदेखि पोखरामा शुरु हुँदै छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन् । बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ जनाको सहभागिता रहने छ ।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने छ । यो नियमित वार्षिक बैठक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस