बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै


२४ कार्तिक २०७६, आइतबार


काठमाडौं । जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

उनी नेपालमा कार्तिक २६ गतेदेखि २९ गतेसम्मको औपचारिक भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा नेपालका राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति हमिद बीच भेटवार्ता हुनेछ ।

त्यस्तै, उनले नेपालमा रहँदा पोखरा तथा काठमाडौंका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस