‘जीवन काँडा कि फूल’ कार्तिक २२ देखि प्रदर्शनमा आउने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘जीवन काँडा कि फूल’ कार्तिक २२ देखि प्रदर्शनमा आउने


३ कार्तिक २०७६, आइतबार


काठमाडौं । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ मा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ कार्तिक २२ देखि प्रदर्शनमा आउने भएको छ । लामो समयदेखि प्रदर्शन मिति जुराउन नसकेको यो फिल्म बल्ल प्रदर्शनमा आउने भएको हो ।

विनोद विष्टको निर्माण तथा निर्देशन रहेको फिल्ममा दुई कलाकारले झमकको भूमिका निर्वाह गरेका छन् । झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले निर्वाह गरेकी छन् ।

झमकको बहिनीको भूमिकामा बालकलाकारमा स्वीकृति शर्मा र सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायतको अभिनय छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर छ भने नृत्य निर्देशन कमल राईले गरेका छन् ।

शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन, रहेको फिल्मको सह निर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस