सी को भ्रमणमा कर्मचारीलाई स्ट्यान्डबाई राख्न सर्कुलर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सी को भ्रमणमा कर्मचारीलाई स्ट्यान्डबाई राख्न सर्कुलर


१७ आश्विन २०७६, शुक्रबार


सचिव

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सरकारले सबै मन्त्रालयका कर्मचारीलाई स्ट्याडबाई राख्न दिर्नेशन दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय(२१ वटै) लाई सर्कुलर जारी गर्दै दशैं पर्वको बिदामा पनि आफू मातहतका कर्मचारीलाई आवश्यक परेको समयमा स्ट्यान्डबाई राख्न निर्देशन दिएको हो ।

आवश्यक पर्दा दशैंबिदाकै समयमा पनि कर्मचारी उपस्थित हुन सक्ने गरी व्यवस्थापन गर्न मन्त्रालयलाई पत्राचार गरिएको छ भने दशैं मान्न जानेलाई पनि २२ असोजमा नै फर्कन भनिएको छ।

राष्ट्रपति सीको भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस