हनुमानढोकाको दशैं घरमा राखियो जमरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हनुमानढोकाको दशैं घरमा राखियो जमरा


१२ आश्विन २०७६, आइतबार


काठमाडौं । हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । आइतबार बिहान १०:३५ को शुभसाइतमा घटस्थापना गरिएको हो ।

दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो ।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीको टीकाको दिन पहेंलो जमरासँगै दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ।

विजयादशमीको टीका यो वर्ष असोज २१ गते परेको छ । टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा परेको नेपाल पन्चाङ्ग निर्णायक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस