दिनेश अधिकारीको ‘अनवरत’ सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दिनेश अधिकारीको ‘अनवरत’ सार्वजनिक


५ आश्विन २०७६, आइतबार


काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम साङ्गीतिक एल्बम ‘अनवरत’ सार्वजनिक भएको छ ।

गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, सङ्गीतकारद्वय दीपक जङ्गम र शक्ति बल्लभसमेतले सार्वजनिक गरेको उक्त एल्बम विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो ।

सात गीत रहेको उक्त एल्बममा रहेका सबै गीतमा सङ्गीतकार राजकुमार बगरको सङ्गीत छ । गीतकार अधिकारीको ‘अनवरत’ १४ औँ एकल साङ्गीतिक एल्बम हो ।

नयाँ पुस्ताका गायिकाको बाहुल्य रहेको एल्बममा रामकृष्ण ढकाल, रामचन्द्र काफ्ले, निशा देशार, राज सिग्देल, प्रवीण अधिकारी, श्रेयसी चेमजोङ, सिडी विजय र प्रताप दासले स्वर दिएका छन् ।

एल्बम सार्वजनिकीकरण कार्यक्रममा गायक प्रधान, गीतकार खरेल, गीतकार अधिकारी र सङ्गीतकार बगरले सिर्जनाका विविध पक्षबारे जानकारी गराएका थिए ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस