२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचविखन अन्त्यका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले विभिन्न बहानामा हुने मानव बेचविखनले राष्ट्र विकासमा बाधा पुर्‍याएकाले यसको अन्त्यका लागि सरकारले कडा कदम चाल्ने बताएका छन् । तेह्रौँ मानव बेचविखनविरूद्धको दिवस समारोहमा उनले मानव बेचविखन राष्ट्र विकासविरूद्धको मुद्दा भएको र यसले मुलुकको विकासमा अवरोध पुर्‍याएको बताए ।

‘अहिले पनि रोजगारी वा विवाहको बहानामा भारत, चीन र कुवेतलगायत मुलुकमा मानव बेचविखन भइरहेको छ, यो समाजका लागि कलङ्क हो, यसलाई रोक्नु हामी सबैको भूमिका हुन्छ’, मन्त्री थापाले भने ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले मानव बेचविखन अन्त्यका लागि जोखिममा परेका समुदायको स्पष्ट पहिचान गर्ने काम गरिरहेको जानकारी दिए । ‘पछिल्लो समयमा मानव बेचविखन तथा ओसारपसारका आयाम र स्वरूपमा परिवर्तन भइरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय अपराधविरूद्ध सशक्त ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता छ’, उनले भने । गत वर्ष मानव बेचविखनविरूद्धको अपराधमा संलग्न दुई सय ५८ जनाविरूद्ध मुद्दा दर्ता भएको थियो ।

महिला, बालबालिका तथा सामाजिक समितिका सभापति निरुदेवी पालले मानव बेचविखन न्यूनीकरणका लागि संयुक्त सहकार्यको आवश्यकता रहेको बताए । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्रराज खनालले प्रहरीले मानव बेचविखन जस्तो अपराध न्यूनीकरणका लागि मानव बेचविखनविरूद्धको शाखा नै गठन गरी सक्रियताका साथ काम गरिरहेको बताए । महिला मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले मानवताविरूद्ध जघन्य अपराध नियन्त्रण गर्न मानव बेचविखन र ओसारपसार नियन्त्रण ऐन २०६४, को प्रभावकारी कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरे ।

महिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भारत, म्यान्मा, कुवेत, साउदी अरब, थाइल्याण्डलगायत देशस्थित राजदूतावास र महावाणिज्य दूतावासबाट एक हजार ९९८ जनालाई नेपाल फर्काइएको थियो । श्रमको बढ्दो मागसँगै विश्वमा मानव बेचविखन तथा ओसारपसार पनि बढ्दै गएको छ । मन्त्रालयका अनुसार आर्थिक र सामाजिकरुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका ९एकल० र बसाई स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी सबैभन्दा बढी बेचविखनको जोखिममा छन् ।

मानव बेचविखन तथा ओसारपसारविरूद्ध योगदान पुर्‍याएबापत सो अवसरमा गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा, प्रहरी सहायक निरीक्षक सुकु तामाङ र महिला खबर अनलाइनका गगनशीला खड्कालाई पुरस्कृत गरिएको छ । यसैगरी राष्ट्रिय समाचार समिति ९रासस०का सुशील दर्नाल, पत्रकार मायालु लामा, सिविस नेपाल (संस्था) र आफन्त नेपाल (संस्था) लाईसमेत सम्मान गरिएको छ ।

सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको ११औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचविखनविरूद्ध सार्क महासन्धि २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसद्बाट अनुमोदीत भएपछि सोही दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २० मा नेपालमा मानव बेचविखनविरूद्धको राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

‘सरकारको प्रतिबद्धताः मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ मूल नारासहित आज देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको छ । आज मन्त्रालय र विभिन्न सङ्घसंस्थाले पदयात्राको समेत आयोजना गरेका थिए ।