वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ


१२ भाद्र २०७६, बिहिबार


घुससहित रंगेहात पक्राउ

रुकुम(पूर्व) । एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो ।

अनुसन्धानमा सहज होस् भने उनीहरुको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले बताए । उनीहरुको सुनुवाइ बाल इजलासमा हुने बताइएको छ । बोहराको भदौ ८ गते राति हत्या गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस