समाजवादी विद्यार्थी युनियनका अध्यक्षमा रुपनारायण श्रेष्ठ « प्रशासन
Logo १९ जेष्ठ २०८१, शनिबार
   

समाजवादी विद्यार्थी युनियनका अध्यक्षमा रुपनारायण श्रेष्ठ


९ भाद्र २०७६, सोमबार


काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकता पछि बनेको समाजवादी पार्टीमा आबद्ध समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन भएका छन् । ललितपुरमा आज आयोजित दुई विद्यार्थी सङ्गठन समायोजन कार्यक्रममा सर्वसम्मतिले श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति घोषणा गरिएको छ ।

सङ्गठनका वरिष्ठ उपाध्यक्षमा रमेश यादव , उपाध्यक्षमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टङ्क धमला, सञ्जय राई र दीपेश यादव चयन भएका थिए । त्यस्तै महासचिवमा वरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दङ्गाल छानिएका छन् ।

सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामबहादुर भण्डारी, सुजीव गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा तथा कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका छन् ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेता डा. बाबुराम भट्टराईलगायतले नव गठित कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस