प्रदेश ३ का मुख्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री गंगालालमा « प्रशासन
Logo २० जेष्ठ २०८१, आइतबार
   

प्रदेश ३ का मुख्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री गंगालालमा


२१ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको स्वास्थ्य अवस्था वुझ्न प्रधानमन्त्री केपी शर्मा आली काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पुगेका छन् ।

मुटु सम्बन्धी समस्या भई उपचाररत मन्त्री पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली आज बिहान शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका हुन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले मुख्यमन्त्री पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गरेको जनाइएको छ ।

मुख्यमन्त्री पौडेल मुटुको एनजिओप्लाष्ट गरेर अस्पतालमै आराम गरिरहेका छन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस