राष्ट्रिय परिचयपत्रका लागि प्रक्रिया शुरू « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय परिचयपत्रका लागि प्रक्रिया शुरू


१८ जेष्ठ २०७६, शनिबार


राष्ट्रिय परिचयपत्र

रसुवा । राष्ट्रिय परिचयपत्र वितरणका लागि रसुवामा प्रक्रिया शुरु गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सो परिचयपत्रको विवरण अद्यावधिकका लागि जिल्लाको १० स्थानमा केन्द्र राखिने जनाएका छन् ।

एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्न नागरिकका वैयक्तिक विवरण सङ्कलन र भण्डारण र गरी नम्बरसहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गरिने बताइएको छ ।

जिल्लाको भौगोलिक विकटता र बस्ती छरिएका कारण विवरण सङ्कलन केन्द्र थप गर्नुपर्ने सहभागीले माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस