करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु


प्रशासन संवाददाता

१३ बैशाख २०७६, शुक्रबार


बालक

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुँदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते भएका छन् । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस