१० हजार घुस लिएको अभियोगमा कम्प्युटर अपरेटर केसी पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१० हजार घुस लिएको अभियोगमा कम्प्युटर अपरेटर केसी पक्राउ


१० बैशाख २०७६, मंगलबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोग केसीमाथि लागेको छ । कम्प्युटर अपरेटर केसीलाई आयोगको टोलीले आज कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । आरोपी केसीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस