२८ केजी गाँजा सहित एक पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

२८ केजी गाँजा सहित एक पक्राउ


२१ चैत्र २०७५, बिहिबार


मकवानपुर । राक्सीराङ गाउँपालिका-१ राम्चे बस्ने ३२ वर्षीय लक्ष्मण स्याङतानलाई अवैध लागूऔषध गाँजा करिब २८ केजी सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी स्याङतानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस