ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु


१८ चैत्र २०७५, सोमबार


बेझाड । कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडक खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ ।

बाँकेको बागेश्वरी गाउँपालिका–४ बस्ने ४३ वर्षीय भकबहादुर थापा आज बिहान १० बजे एक्कासि सडक माथिबाट खसेको माटोसहितको ढिस्कोले लागेर घाइते भएका थिए ।

उपचारका लागि रामपुर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भुपालसिं रानाले जानकारी दिए ।

थापाको शव अहिले रामपुर अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस