बारा र पर्सामा भीषण हावाहुरी, २८ को मृत्यु, ४०० बढी घाइते « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

बारा र पर्सामा भीषण हावाहुरी, २८ को मृत्यु, ४०० बढी घाइते


१८ चैत्र २०७५, सोमबार


वीरगञ्ज । बारा र पर्सामा भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।

आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण २८ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएका हुन् ।

मृत्यु हुनेको पहिचान खुल्न नसकेको र घाइतेहरुको उद्धार कार्य भइरहेको छ ।

हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस