नेपाल तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने मुलुक बन्न सक्ने : विश्व बैंक « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नेपाल तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने मुलुक बन्न सक्ने : विश्व बैंक


प्रशासन संवाददाता

१५ चैत्र २०७५, शुक्रबार


काठमाडौं । विश्व बैंकका एसिया प्रतिनिधि हार्टविग स्याफरले नेपाल तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने मुलुक बन्न सक्ने बताएका हुन् ।

राजधानीमा आयोजित नेपाल लगानी सम्मेलन–२०१९ मा बोल्दै हार्टविगले नेपालको नेपालसँग ठूला बजारका रूपमा २ वटा छिमेकी रहेको, यिनै बजारलाई उपयोग गरेर नेपाल अझै तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्ने मुलुक बन्न सक्ने सम्भावना रहेको बताएका हुन् ।

‘रेमिटले धानेको नेपालको जीडीपी बिस्तारै आन्तरिक उत्पादनको आधारमा खडा हुँदै गइरहेको छ,’ हार्टविगले भने, ‘नेपालमा बुद्धिमतापूर्वक लगानी गर्नेहरूको संख्या बढिरहेको छ ।

तर लगानीकर्ताहरूले दीर्घकालीन फाइदा हेरेका हुन्छन् । लगानीलाई उत्पादनमा परिणत गर्नका लागि धेरै चरणमा असफलता भोग्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस