काठमाडौं । नयाँ नयाँ प्रयोग र थिममा गीत संगीत सार्वजनिक गरिरहेका प्रतिभाशाली गायक राजिव लामाले आफ्नो नयाँ गीत ‘कान्छी सुनन’ सार्वजनिक गरेका छन्।
आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भञ्ज्याङ् र खोला-नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छी लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।
नेपाली ठेठ शब्दहरु राखी सिर्जना गरिएको यस गीतमा शब्द , संगीत र स्वर स्वयम गायक राजिव लामाको रहेको छ भने बियट ब्यान्डका र्यापर थुजे दोन्दुपको र्याप समाबेश छ।
गीतको एरेन्ज्मेन्ट विशेष पाण्डेले गरेका हुन।
यसअघि गायक लामाले ‘ जाऊ जाऊ साथी रेलैमा, ‘वन लभ, ‘टोक्यो शहरमाू जस्ता गीतहरु सार्वजनिक गरिसकेका छन।