 बेलवाबाट १ सय ६० किलो चरेशसहित ट्रक चालक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

 बेलवाबाट १ सय ६० किलो चरेशसहित ट्रक चालक पक्राउ


प्रशासन संवाददाता

१६ पुस २०७५, सोमबार


pakrau

पर्सा ।  ५० लाखभन्दा बढी मूल्यको प्रतिबन्धित लागुऔषध चरेससहित पक्राउ परेका २९ वर्षीय एक युवकलाई जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२ पदमपोखरी निवासी ट्रक चालक सागर वललाई वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ बेलवाबाट १ सय ६० किलो चरेशसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

निजले ना४ख २९८५ नंको ट्रकमा चरेश लुकाइ मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको पूर्वसूचनाका आधारमा खोजतलास गर्दा उक्त परिमाणको चरेश बरामद भएपछि ट्रकसहित उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस