वाईफाईभन्दा तिव्र स्पिडको बन्दै मोबाइल नेटवर्क « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाईफाईभन्दा तिव्र स्पिडको बन्दै मोबाइल नेटवर्क


प्रशासन संवाददाता

११ मंसिर २०७५, मंगलबार


वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट तीव्र रहेको एक अध्ययनले देखाएको छ । ८० वटा देशमा गरिएको अध्ययनका अनुसार डाउनलोड स्पीड वाईफाईको भन्दा मोबाइल डाटाको इन्टरनेट गति बढी रहेको छ ।

धेरै देशमा वाइफाइ गति कमजोर हुनुमा वाइफाइ सिग्नलको ‘कन्जेसन’ पनि एक कारणको रुपमा रहेको छ । एकै ठाउँमा धेरैवटा वाइफाई नेटवर्क रहँदा वाइफाइ तरंगहरु आपसमा जुध्ने वा गति कमजोर हुने समस्या उत्पन्न हुन्छ । वाइफाई भन्दा मोबाइल इन्टरनेटको गति बलियो हुँदा समेत आममानिसमा मोबाइल नेटवर्क भन्दा वाइफाई नै उत्कृष्ट छ की भन्ने धारणा रहेको छ । त्यस्तो आम धारणा गलत रहेको रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलिया जस्तो मुलुकमा वाइफाइ भन्दा मोबाइल डाटाको डाउनलोड स्पिड १३ एमबिपिएस तिव्र छ । त्यस्तै कतार, फ्रान्स, मेक्सिको, टर्की तथा दक्षिण अफ्रिकामा पनि मोबाइल नेटवर्क वाइफाई भन्दा तिव्र गतिको छ । तर हंगकंग, अमेरिका, थाइल्याण्ड, इजरायल र रुस जस्ता मुलुकमा भने मोबाइल इन्टरनेट भन्दा वाइफाइ स्पीड दोब्बर बढि छ ।

अध्ययनका अनुसार फोर जी नेटवर्क उपलब्ध ५० मुलुकमध्ये ६३ प्रतिशतमा मोबाइल नेटवर्क नै वाइफाइ भन्दा तिव्र रहेको पाइएको छ । फाइभ ‘जी’ आउँदा गति झनै बढ्ने छ । तर विश्वका सबै भागमा फाइभ जी नेटवर्क पुग्न धेरै समय लाग्ने छ ।

हालै चिनिया स्मार्टफोन कम्पनी हुवावेले सबैभन्दा फास्ट नेटवर्क समात्न सक्ने स्मार्टफोन बनाइसकेको छ । सामसुङले पनि यस्तै स्मार्टफोन बनाउने तयारी गरिरहेको छ । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस