Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बिक्री हुन सकेन स्थानीय स्याउ, थालियो रक्सी बनाउन


प्रशासन संवाददाता

९ मंसिर २०७५, आइतबार


रुकुम ।  जिल्लाका दुर्गम गाउँहरूमा उत्पादित स्याउ बिक्री नहुँदा कृषकहरू समस्यामा परेका छन्।

सडक सञ्जाल नपुगेको उक्त ठाउँमा घोडा खच्चर र मानिस बोकेर ढुवानी गर्दा अन्य स्याउको भन्दा महंगो पर्ने भएपछि बिक्री नभएको हो। रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न ठाउँमा फलेका स्याउ बिक्री भएको छैन। गत असोज महिनामै टिपिएका स्याउ बिक्री नभई कुहिने भएपछि स्थानीयले रक्सी बनाउन थालेका छन्। पुथाउत्तररगंगा गाउँपालिकाको १ र २ नं। वडामा फलेका स्याउको रक्सी बनाउन थालिएको हो ।

वडा नं। १ को मैकोट र २ को पेल्मालगायतका ठाउँमा स्याउ फल्न थालेको धेरै भएको छैन। स्याउ फलाउन थाले पनि बिक्री गर्न सम्भव नभएपछि किसानहरूले समस्या झेलिरहेका छन्। स्याउ टिप्ने क्रममा ढुवानीमा अनुदान पाइने आशमा रहेका किसानहरुले अनुदान नपाएपछि स्याउको रक्सी बनाउन थालेका छन् भने, कतिले मकैसँग स्याउ पनि साट्न थालेको गाउ कार्यपालिका सदस्य समेत रहेका पेल्मा निवासी जिताराम कामीले बताए। उनका अनुसार ३ माना स्याउ बराबर १ माना मकै साटिने गरेको छ।

मैकोट तथा पेल्मासम्म सडक नपुगेका कारण ढुवानी नै महंगो पर्ने भएकाले स्याउ बिक्री गर्न नसकेको गुनासो उनको छ। गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले ढुवानी अनुदान दिँदा १ सय २० क्विन्टल स्याउ विक्री भएको थियो। रोयल र डेलिसियस जातको स्याउ एक सयदेखि १४० रुपैयाँ सम्म प्रति किलो स्याउ बिक्री भएको थियो। असोजमा टिपिएका स्याउ किसानले असोजमै खच्चडमार्फत गाडी पुग्ने ठाउँ सेरा सम्म ढुवानी गरेका थिए।

परियोजनाले प्रति किलो स्याउ ढुवानीका लागि २७ रुपैयाँ अनुदान दिएको थियो भने किसानले प्रति किलो १५ रुपैयाँ तिरेर स्याउ ढुवानी गरेका थिए। कति किसानले केही स्याउ बाग्लुङसम्म खच्चडबाट ढुवानी समेत गरेका थिए। खच्चडबाट ढुवानी गर्दा महंगो पर्ने भएकाले बुर्तिवाङतर्फ स्याउ पठाउन सम्भव नभएको कामीले बताए। ‘स्याउ फलाइयो, बिक्री नभएपछि हामी समस्यामा छौं, स्थानीय सरकारले ठूलो अनुदान दिन सक्ने अवस्था छैन,’ कामीले भने, ‘संघीय र प्रदेश सरकारले वास्ता नगर्दा हामी मारमा परेका छौँ।’ पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ वडाका साथै अन्य वडामा हरेक वर्ष स्याउ लाउने किसान त बढ्छन् नै स्याउका बोट र स्याउ फल्ने बोट पनि बढेकै छन्।

हरेक वर्ष स्याउ फल्ने बोट बढ्ने भएपछि स्याउ उत्पादन बढ्दै छ। फलेका स्याउ बिक्री हुन नसक्ने भएपछि समस्यामा परेको स्याउ किसान लक्ष्मीप्रसाद पुन मगरले बताए। बिक्री नहुने पक्का भएपछि फलेका स्याउ टिप्न पनि ध्यान नदिएको उनको भनाइ छ। सरकारले हुम्ला, जुम्लामा दिएको जस्तै ढुवानी अनुदान दिन सके पुथाउत्तरगंगा गाउँपालिकबाट धेरै स्याउ बाहिरीने र स्थानीयको जीवन स्तर पनि उकासिने स्थानीय बताउँछन्। पुथाउत्तरगंगा गाउँपालिकाको १, २, ५, १० र ११ नं। वडामा धेरै स्याउका बोट छन्। त्यसका अलावा ६, ९, १२, १३ र १४ नम्वर वडाका विभिन्न ठाउँमा पनि स्याउका बोट छन्।

गाउँपालिकाभर ३० हजार बढी स्याउका बोट छन्। जसमा ३ हजार बढी स्याउ फल्न थालेका छन्। घरैपिच्छे स्याउका बोट लाउन थालिएपनि बजारसम्म पुर्‍याउन उपयुक्त माध्यम वा ढुवानी गर्न महंगो पर्ने हुँदा किसान चिन्तित छन। हाल पुथा उत्तरगंगा गाउँपालिका–१३, पिपलटुङसम्म मात्रै गाडी पुगेको छ। किसानले स्याउ टिप्ने समयमा भने गाडी त्यहाँसम्म पनि पुग्न सम्भव छैन। खच्चडमार्फत स्याउ ढुवानी गर्दा महंगो हुने हुँदा स्याउ बिक्री नै नहुने समस्या किसानले झेलिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस