सुकुम्बासीलाई लालपुर्जा वितरणको व्यवस्था गरिने छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुकुम्बासीलाई लालपुर्जा वितरणको व्यवस्था गरिने छ : अध्यक्ष प्रचण्ड


६ मंसिर २०७५, बिहिबार


चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सुकुम्बासी समस्या समाधान गर्न लालपुर्जा वितरणको व्यवस्था गरिने बताएका छन् ।

भरतपुर महानगरपालिका २४ मा आयोजित वातावरणमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्यालाई उच्च प्राथमिकतामा राखिएको बताउँदै भरतपुर महानगरपालिकामा रहेको अव्यवस्थित बसोवास नै मुख्य समस्याको रुपमा रहेकोले अब छिटै व्यवस्थित गर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई उच्च प्राथमिकतामा राखेर केही समयभित्रै यो समस्याको समाधान गर्ने बताएका छन् । उनले भने, ‘जसलाई तुरुन्तै लालपुर्जा दिन सम्भव छ, उनीहरुलाई लालपूर्जा वितरणको व्यवस्था गरिने छ, स्थानान्तरण गर्नुपर्ने अवस्था भएकालाई स्थानान्तरण गरिने छ, कुनै खास रसिद दिनुपर्ने अवस्था हो भने रसिद दिइने छ ।’

उनले सरकारमा यो समस्याको गम्भीररुपमा नीतिगत समिक्षा भइराखेको र केही समयभित्रै एउटा निष्कर्षमा पुगेर पूर्जा वितरणको काम या अव्यवस्थित बसोबासको काम अगाडि बढ्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस