ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु


१८ कार्तिक २०७५, आइतबार


भीमदत्तनगर । मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस