गैडाको खागसहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गैडाको खागसहित पक्राउ


२१ जेष्ठ २०७५, सोमबार


काठमाडौं । प्रहरीले गैडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं–१६, नयाँबजारस्थित नयाँ पुलबाट शुक्रबार दिउँसो १ः३० बजे १९ वर्षीय जिसन सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गैडाको खागजस्तो देखिने वस्तु ६५ लाखमा बिक्री वितरण गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत लैनचौर, सोह्रखुट्टेबाट खटिएको टोलीले सुनारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सुनारलाई जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस