माहुतेको जिन्दगीः ‘वन्यजन्तु साथी जस्तै लाग्छन्’ « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

माहुतेको जिन्दगीः ‘वन्यजन्तु साथी जस्तै लाग्छन्’


२६ बैशाख २०७५, बुधबार


भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीका ३० वर्षीय तौला राना बुधबार यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानमा रहेको हात्तीसारमा कुची बनाउँदै गर्दा भेटिए ।

कुर्ची अर्थात (घाँस, धान, गुड र नुन) बाट बनेको हात्तीको आहारा बनाउँदै भेटिएका पालुवा हात्तीको ‘पछुवा’ पदमा कार्यरत राना आठ वर्ष अघि शुक्लाफाँटा निकुञ्जका प्रमुख संरक्षण अधिकृतको भान्सामा काम गर्थे ।

शुक्लाफाँटामा हात्तीको रेखदेख गर्न पछुवा पदमा जागिर खाएपछि हात्तीको स्याहारका साथै वन्यजन्तुको सुरक्षाका लागि गस्तीमा निकुञ्चका विभिन्न क्षेत्रमा धाउने गरेका रानाले शुरुमा जागिर खाँदा अढाइ महिना तालीम समेत लिएको बताए ।

‘शुरुमा त हात्ती नजिक जानै डर लाग्थ्यो ।’ तौलाले भने, ‘अहिले त वन्यजन्तुसित नजिक भएर होला जनावर त साथी जस्तै लाग्छन् ।’ हात्तीसँगै निकुञ्जका पिपरिया, मालुमेला, शुक्लाफाँटमा रहेर काम गरिसकेका उहाँले जंगलको दैनिकी कुनै उदेकलाग्दो नभएको बताए ।

‘अहिले त शहर बजारभन्दा जंगलमै रमाइलो लाग्छ ।’ उनले भने, ‘फुर्सदको समयमा ड्युटी मिलाएर महिना÷दुई महिनामा परिवारलाई भेटन घर जाने गरेको छु ।’

आफूले आठ वर्षअघि हात्ती पुछवाबाट सरकारी सेवामा प्रवेश गर्दा शुरुवातको तलब नौ हजार रहेकामा अहिले त तलब पनि १५ हजार पुगिसकेको उनले बताए ।

वन्यजन्तु चोरी शिकारी नियन्त्रण गर्न दैनिक हात्तीसित गस्ती जाँदा शुक्लाफाँटमा बाघ, गैँडालगायतका धेरै प्रजातिका जनावर देख्न पाउँदा मन आनन्दित हुने गरेको बताए । उनले भने, ‘अहिले हात्तीलाई मज्जाले डो¥याएर नियन्त्रणमा राख्छौं ।’

‘चोरी शिकारीको बढी जोखिम रहेको चूनौतीपूर्ण ठाउँसम्म हात्तीबाट गस्ती गछौं’ उनले भने । हात्ती हाँक्ने, चराउनेदेखि स्याहार गर्नसम्म फणित, पछुवा र माहुत गरी तीन पदमा शुक्लाफाँटामा २१ जना कार्यरत रहेका छन् । एक छोरा/एक छोरी भएको बताउँदै उहाँले जागिरबाटै घरखर्च चलाएको जानकारी दिए ।

त्यसैगरी भीमदत्तनगरपालिका–१२ ऐरीका २५ वर्षिय उमेश सुनाहको दैनिकीसमेत तौला रानाकै जस्तै हात्तीसित बित्छ । प्रावि तहको मात्रै अध्ययन गर्न सकेका सुनाहले २०६७ सालमा ‘फणीत’ पदमा जागिर खाएको बताए ।

‘झट्ट हेर्दा यहाँ आउने पर्यटक हामीलाई देखेर कति रमाइलो गरी बसेको भनी भाग्यमानी भन्दै गफिन्छन ।’ सुनाहले भने, ‘जंगलमा हात्तीसित भए पनि वन्यजन्तु संरक्षणको क्षेत्रमा योगदान दिन पाएका छौं ।’ हात्तीको आनीबानीदेखि स्यहारसम्मको जानकार उनी हात्तीको आवश्यकता परेको ठाउँमा खटाएअनुसार तयार भइहाल्छन् ।

‘जंगली जनावर गाउँ पसेर हैरानी दिएको ठाउँमा समेत हात्ती लिएर जनावर जंगलमा ल्याइपु¥याउनेसम्मको काम गरेको छु ।’ उनले भने, ‘दक्ष प्रशिक्षणले नै हात्तीसित कुराकानी समेत गर्न सक्ने भयौं ।’

हात्तीसित लामो समय बिताएका अग्रजहरुको अनुभवले नै आफू पनि माहुत, फणित र पछुवालगायतका पदमा जागिर खानसक्ने भएको उनीहरुको भनाइ छ । ‘अहिले परिआएको सबै काम हामी गर्न सक्छौँ ।’ उनले भने, ‘नियमित कामसँगै वन्यजन्तु र प्रकृतिसित रमाउनुको मज्जा नै बेग्लैछ ।’

‘शुरुमा त जंगलमा निकै बोर लाग्थ्यो ।’ सुनाहले भने, ‘अहिले न बानी नै परिसक्यो ।’ हात्तीसित पूर्वेली भाषा बोलिने गरेको बताउँदै सुनाहले हात्ती आफूहरुको भनाइ मान्ने गरेको बताउँछन् ।

‘बस बन्नलाई ‘बैठ’ भन्दा हात्ती थचक्कै बस्छ ।’ उनले भने, ‘हिँड भन्नलाई ‘अगन’, खा भन्न ‘खो’ र पछि हट् भन्नलाई ‘छौ’ जस्ता शब्दको प्रयोग हुन्छ ।’ शुक्लाफाँटामा शुक्लाफाँट, पिपरिया र मालुमेला हात्तीसार गरी सातवटा हात्ती रहेका छन् । यहाँ अहिले अपकल, सिद्धप्रसाद, सुर्तिकली, लवप्रसाद, नारायणप्रसाद, शारदाकली र रतनकली नामका हात्ती रहेका छन् ।

त्यस्तै यहाँको बेल्डाँडी गाउँपालिकाको भिलमिलाका मुकेश राना विगत दिन वर्षदेखि हात्तीसित शुक्लाफाँटामा कार्यरत छन् । ‘जागिर खाएको तीन वर्ष भए पनि निकै अनुभव लिइसकेँ ।’ उनले भने, ‘यहाँ हात्तीसारमा जागिर गर्ने प्रायः आदिवासी÷जनजाति समुदायका युवा छन् ।’

यहाँ हात्तीको औषधि उपचारका लागि पनि छुट्टै प्राविधिक जनशक्ति समेत खटिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले शुक्लाफाँटामा माहुत, फणित, पछुवा २१, एक जना दरोका ९माहुतको हाकिम० र पशु चिकित्सक कार्यरत रहेको बताए ।

‘सात वटा हात्तीमा तीन÷तीनजना माहुत, फणित र पछुवा कार्यरत छन् ।’ निमित्त संरक्षण अधिकृत घिमिरेले भने, ‘उक्त समूहको नासु पद यहाँ रिक्त छ ।’

प्रतिक्रिया दिनुहोस