घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ


२१ चैत्र २०७४, बुधबार


घुस

कलैया । विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुसबापत नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । टोलीले उनलाई आफूसंगै हेटौँडा लगिएको छ ।

एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसबापत सो रकम लिँदै गरेको अवस्थामा इन्जिनियर चौधरीलाई पक्राउ ग¥यौँ, नायब उपरीक्षक खड्काले भने । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान गरी विशेष अदालत काठमाडौंमा बुझाउने खड्काले बताए । रासस

प्रतिक्रिया दिनुहोस