डुबेर दुई विद्यार्थीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डुबेर दुई विद्यार्थीको मृत्यु


२१ चैत्र २०७४, बुधबार


धादिङ । गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लाँदै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए ।

नदीमा डुबेपछि उनीहरुलाई गाउँवासीले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस